Wednesday, 9 August 2017

बर्मैली श्रीमती चरित्रहिन भएकीले बदनाम गराउन खोजेको रार्इको आरोप

धरान । गत मङ्गलवार धरान १० विशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बिचको प्रेम सम्बन्धलाई लिएर उनका श्रीमती मिन्जुयाङगले आफूलाई १ वर्षीय छोरा ईथन राईसँग भेट्न समेत नदिएको भन्ने कुरा गलत भएको रार्इले दाबी गरेको छन् । 
आज धरानको होटेल मेट्र बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै रार्इले, उनले आफूलाई मात्र नभई तिन जना युवालाई समेत धोखा दिएको आरोप लगाएका छन् । राईले सम्मेलनमा आफ्नी श्रीमती बर्मेली नागरिक मिन्जुयाङगको सिंगापुरे लाहुरे सूर्य तुम्वहाम्फेसँग अवैध सम्बन्ध रहेको र उनी ४५ दिनको बच्चालाई आफूसँगै छोडेर गएको समेत बताए । त्यति मात्र नभएर आफ्नी श्रीमती मिन्जुयाङगको बर्मामा समेत एक जर्नेलका छोरासँग सन् २००७ मा विवाह भइसकेको प्रमाण फेला परेको उनले बताए । साथै, उनले बुधवार पत्रपत्रिका तथा अनलार्इन मार्फत आएको विभिन्न समाचार प्रति गम्भीर ध्यानार्कषण भएको र अबका दिनमा सामाचार सम्प्रेशन गर्दा पत्रकारहरुलाई ध्यान पु¥याईदिन आग्रह गरे ।

Source: Social media

0 comments:

Post a Comment