Friday, 13 January 2017

खोइ त पहिचान वारे चेतना ? सामि पिदार र येले थोचेको हार्दिक शुभकामना

Source sunuwar.org 2013

कुनै जातिको पहिचान नास गर्नु छ भने उनीहरुको भाषा-संस्कृति र धर्मलाई नाश गर भन्ने विस्तारवादीहरुको सिद्धान्तलाई फिरङ्गी खस बाहुनले अबलम्बन गरे पनि भौतिकरुपमा कोइँचको संस्कार संस्कृति, लिखित अलिखित इतिहास, सामाजिक चालचलन नास गरे पनि मानसिकरुपमा कोइँच संस्कार संस्कृतिलाई अझै मास्न नसकेको प्रमाण आम कोइँचले मान्दै आएको ङारिच महिनामा मनाइँदै आएको सामि पिदार तथा येले थोचेलाई मान्न सकिन्छ । ‘कुनै पनि घटनाको सही इतिहास पचास वर्ष पछि मात्र लेखिन्छ ।’ इतिहासविद्हरुको दाबी रहेको छ । हो पहुँचमा भएकाहरुले वर्तमानमा सत्य तथ्य बङ्ग्याउने गर्दछन् । तर इतिहास इतिहास नै हो । समय वित्दै जाँदा सत्यता कसैले लुकाउन सक्दैन । सत्य उजागार हुन्छ । अहिले त्यस्तै भएको छ । १८८२ साल पछि खेत किपट तत्कालीन गोर्खा राज्यलाई जिम्मा दिएर हिन्दू धर्म अँगाले पछि कोइँच (सुनुवार/मुखिया) हरुले आफ्नो मौलिक धर्म विस्तारै विर्सन गए । माघमा पर्ने सामि पिदार र येले थोचेलाई माघे संक्रान्ति भनेर मान्न थाले । तर पनि विहानै उठेर मुख धोइ बनतरुल खाने, धाराको माथि फापारको बटुक, फलफुल, काँचो बनतरुल चढाएर दुब-लु होपो -पानीको देवता) को पुजा गर्ने चलन भने छाड्न सकेनन् । न त टपरीमा चामाल, मास, फलफुल, बटुक बनतरुल राखेर सेतो टिका लगाएर दक्षिण दिई सामि पिदार -चेलीबेटी पुज्ने चाड) गर्न छाडे ।
   हुन त आफुलाई विद्वान भन्दै गफिने कतिपय कोइँच बन्न नसकेका बाहुनवादी कोइँचहरु, जसले समाजलाई विखण्डनका बाटोतिर धकेलीरहेका छन्, का लागि सामि पिदार तथा येले थोचे पनि गफगाफ मात्र हुनसक्छ । अर्थात् सामि पिदार र येले थोचे काउसो जस्तै भएको छ । उनीहरु माघे सक्राति भनि टोपल्छन् । माघे सक्राति कसरी नामाकरण भयो भन्ने समेत ज्ञान नभएका छद्म नामबाट लेखरचना लेखी टोपल्ने ती अनुहार लुकाउने विद्वानहरुलाई इतिहासले गम्भिर मुल्याङ्कन गर्ने नै छ ।
कतिसम्म भने सुनुवार सेवा समाजका कार्यकारिणी समितिका सदस्य समेत रहेका आफुलाई खुबै जान्ने र नीति नियम जान्ने हुँ भन्ने एक सदस्य तथा सुनुवार सेवा समाजको अध्यक्षका एक प्रत्यसीले कोइँचहरुको महान चाड शाँदार पिदारको शुभकामना आदानप्रदान कार्यक्रमको दिन (पौष १२) सुनुवार विद्यार्थी समाजले निकालेको भित्तेपात्रोमा छापिए तस्बीर फोल पिदारको मुटु मानिने किङ्गुर दातुर सम्बन्धि एक क्याप्सन बारे भन्दै थिए- ‘यो किङ्गुर दातुर कसले लेख्यो ? यो भोटेको भाँडालाई सुनुवारको क्यालण्डरमा राख्यो ।’ उनको उपइ र असन्तुष्टि कोइँचको इतिहास नबुझनेको लागि त ठिकै होला तर बुझनेहरुको लागि भने कोइँचको भाषा संस्कृति संरक्षण गर्छु, पर््रवर्द्धन गर्छर्ुुनेर केन्द्रीय समितिमा बस्नेको बुझाइलाई देख्दा बारा लाग्ने नै भयो । आजको सामि पिदार र येले थोचेको सम्बन्धमा पनि कोइँच इतिहास र संस्कार संस्कृतिमा नभिजेका साथै कोइँच संस्कार संस्कृतिबाट टाढिएका लागि कुनै अर्थ नहोला । तर कोइँच पहिचानको लागि लागीपर्ने जोसुकै कोइँचको लागि सामि पिदार र येले थोचे ५०७३ ले महत्वपूर्ण अर्रर््थ बोक्दछ । सामि पिदार र येले थोचेको वारेमा सबैले एकापसमा शुभकामना आदानप्रदान गर्नु र विभिन्न कार्यक्रम गर्न अहिलेको आवश्यकता हो । यो पहिचानको माहौलमा हामी हाम्रो पहिचानलाई अक्षुण्ण राख्न लागी परौं । सामि पिदार र येले थोचे ५०७३ को उपलक्ष्यमा देश विदेशमा छरिएर रहेका सम्पर्ूण्ा कोइँच तथा नेपाली दाजुभाई दिदीबहिनीहरुको उत्तरोत्तर प्रगति, सुस्वस्थ्य, समृद्धि शान्तिको कामनासहित हार्दिक शुभकामना ।
-चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम परिवार ।



0 comments:

Post a Comment