पृथ्वी नारायण शाहले टुक्रा-टुक्रा रहेको देशलाई जोडेर एकीकरण गरेको होइन। त्यति बेला देशको भु-भागहरु कुनै आकशतिर झुण्डेको, कुनै तलतिर भाँसेको थियो र? बास्तव मै भन्नु पर्दा टुक्रा-टुक्रा रहेको देशलाई एकीकरण गरेको भन्ने मिथ्या मात्र हो। स-साना पोखरीहरूलाई जोडेर ठुलो पोखरी बनाइएको होइन। बरु पोखरीभित्रको माछाहारू खाएर आफु ठुलो भएको चाँहि हो। एकीकराण को नाममा टुक्रा-टुक्रा पारेको चाँहि सत्य हो।
कथित एकीकराण पश्चात नेपालभित्र बसोबास गर्ने विभिन्न जात-जातीहरुको के टुक्रा भएन ? मातृ भाषा टुक्रा-टुक्रा भएन कि ? धर्म-कर्म टुक्रा-टुक्रा भएन कि ? पोशाक, संस्कार, संस्कृति कुन चाँहि टुक्रा भएन?
त्यति मात्र हो र ? कथित चार जात छत्तिस वर्णको हिन्दु संस्कारको नाममा पानी नचल्ने, छुन नहुने, मन्दिर तथा घर भित्र पस्न नहुने, सानो जात, ठुलो जात को बिऊ कस्ले रोपे ? यी त उदाहरण मात्रा हुन् ।अझै लडाईको बेला बाह्र धार्नी नाक, कान काटेको किर्तीपुरबासी हारुको कहानी त छदै छ । महिलाहरुले आफ्नो श्रीमान् बिते पछी संग-संगै सती जानु पर्ने प्रथासम्म गरेको थियो । कि थिएन? यी सब कुराहरु के एकीकराण पश्चात गरेको हो कि होइन ? यस्तो ब्यक्ति कसरी राष्ट्रनिर्माता हुन सक्छ ?
अर्को, मिथ्यन प्रचार के हो भने अंग्रेजहारुसंग झुक्दै नझुकेर राष्ट्र बचाऊने ब्यक्ति रे । अब आफ्नो श्रीमती नै अरुलाई जिम्मा लगाई दिए पछि किन ओछ्यान छोड्नु पर्याे ? होईन र ? त्यत्रो टिष्टा-काँगडा सम्मको भु-भाग गुमाए पछि किन जित्नु पर्याे? किन लड्नु पर्याे ?असली हिन्दुस्तान देश बनाउनको लागि त्यो गुमेको भु-भाग अंग्रेजहरुलाई चढाई दिएको हो कि होईन ? किन वीर भिमसेन थापाले गोसाई कुण्डमा गएर आत्महत्या गरे ?
तत्तातै, लाखौं डलर पाइरहने शर्तमा सोझा-साझा नेपाली युवाहरुलाई ईष्ट-ईण्डीया कम्पनीमार्फत् गोर्खा पल्टनको सम्झाैता गरेर मानाव बेचबिखन गरेको हो कि होइन? अब भन्नुहोस् त राष्ट्र निर्माता हो कि देशद्रोही हो। पृर्थीवी नारायण शाहा ! के हामी यस्तो ब्यक्तिलाई कसरी राष्ट्रनिर्माता को रुपमा गर्व गर्न सक्छौं ? कुन मनले जय-जय गरौं?
त्यसैले, खबरदार!गणतन्त्रको पहिलो सरकारकाे बहुमत सभासदले थुकेको थुक अहिलेको सरकारको सभासदहरुले सक्छौं भने चाट । तर हामी चाट्दैनौं । हत्यारा पृर्थीवी नारायणको जन्मदिन मनाऊँदैनौं।हो, सबै जातजाती को एकता दिवस मनाऊन हामी तयार छौं । तर कथित हत्यारा पृर्थीवी नारायणको जन्म दिन मनाउन हामी तयार छैनौं । मनाऊँदैनौं। बहिष्कार गर्छौं ।
त्यसैले, खबरदार!गणतन्त्रको पहिलो सरकारकाे बहुमत सभासदले थुकेको थुक अहिलेको सरकारको सभासदहरुले सक्छौं भने चाट । तर हामी चाट्दैनौं । हत्यारा पृर्थीवी नारायणको जन्मदिन मनाऊँदैनौं।हो, सबै जातजाती को एकता दिवस मनाऊन हामी तयार छौं । तर कथित हत्यारा पृर्थीवी नारायणको जन्म दिन मनाउन हामी तयार छैनौं । मनाऊँदैनौं। बहिष्कार गर्छौं ।
0 comments:
Post a Comment