Monday, 3 April 2017

मेरो कथा- बिबेक र जुनाको दुखद प्रेममा आधारित कथा भिडियोमा

बिवेक र जुना

          जुना एक स्कुल पढ्दै गरेकी केटी, उनी १९ बर्षकी भईन । उनि फेसबुकको किरो थिईन् । चाहे खाना खादा होस चाहे स्कुलमा शिक्षकले पढाई रहदा उनी सहजै मेसेज रिप्लाई गर्थिन् । उनी साथी बनाउन र साथीहरु सँग च्याटीङ गर्न अति रुची राख्थीन् । कथाहरु, अभिलेखहरु र नौलौ कुनै श्रीजनाहरु खोजी खोजी पढ्दथीन् ।Watch video/listen here
पार्ट 1

बिवेक र जुना

          जुना एक स्कुल पढ्दै गरेकी केटी, उनी १९ बर्षकी भईन । उनि फेसबुकको किरो थिईन् । चाहे खाना खादा होस चाहे स्कुलमा शिक्षकले पढाई रहदा उनी सहजै मेसेज रिप्लाई गर्थिन् । उनी साथी बनाउन र साथीहरु सँग च्याटीङ गर्न अति रुची राख्थीन् । कथाहरु, अभिलेखहरु र नौलौ कुनै श्रीजनाहरु खोजी खोजी पढ्दथीन् ।

          एकदिन उनी एक गजल र साहित्य हेर्दै जाने क्रममा एउटा बिबेक नामक फेुबुक फ्रेण्डको लेख अभिलेख र कथाहरु पढ्दै थिईन् । पढ्दा पढ्दै कतिखेर उनको आँशुले गह पम्मै भरियो पत्तै भएन । बिबेकको कथाले उनको दिल छुन पुग्यो । उनको हरेक बितेका पलहरुलाइ म्याच गर्थ्यो बिबेकको कहानीहरुले । कथाको अन्त सम्म उनले कुनै पनि अक्षर नबिराई पढिन् । उनी त्यो कहानी फेरी फेरी दोहोर्याउन चाहन्थिन्। यस्तै क्रममा उनि झट्ट बिबेकलाई मेसेज छोड्छीन् ।

जुना - हेलो सर
बिवेक - हाई नमस्ते...
जुना - नमस्ते सर सन्चै हुनुहुन्छ?
बिवेक - हजुर सन्चै छु ।
जुना - हजुरको हरेक लेख हरुले मेरो मन छोयो ...... you are gread writer sir.

          उनिहरु यसरी कुरा कानी गर्दा गर्दै दोहोरो परिचय गर्छिन् । चिना पर्ची भयो । अब जुना हरेक दिन बिहानै बिवेक सँग बोल्दै जान्छीन । बिवेक पनि एक अबिबाहित केटो थिए । बिवेक काठमाण्डौमा आमा बाबा सँग बस्दथे । उनिहरु च्याटिङ बाटै नजिकिदै थियो । सारै सुसील अनि जो सँग पनि बात चित गर्दा नरम र मिठो बोल्ने उनको स्वभाव थियो ।

         उनिहरुको लामो समय सम्मको परस्पर च्याट पछि जुना बिवेकलाई मन परउन थालीन् । बिवेकलाई मनमुटुमा सजाउन चाहन्थिन् तर भन्न सकिरहेको छैन । बिवेक भने एक असल साथीको रुपमा हेर्दथ्यो । किनकी बिबेक कसै सँग मन दिन र प्रेममा पर्न उ चाहदैन थियो । तर जति जति बिवेक लेख्दै जान्थे जुना बिवेकको लेखहरुमा हराउन पुग्थ्यो । उनि बिवेकको जिवनमा फुल्न चाहन्थीन् ।

          समय बित्दै गयो । जुना हरेक मेसेजहरुमा बिवेकलाई नजिक तुल्याउन लागि पर्थे । उनको मन जित्न तत्पर प्रयास गर्थिन् । एक दिन जुना मेसेज बक्स बाट बिवेकलाई पत्र लेख्न साहस गर्छिन र उनि भाबुकता साथ लेख्छीन् ।

          हाई बिबेक सर नमस्कार ..... । आज मैले एउटा साहसका साथ हजुरलाई केही मनका कुरा खोल्न खोजिरहेकी छु । त्यो आँट हजुर सँगको लामो समय सम्मको मित्रता र पाठक भएर गरेकी छु जुन मेरो कुरालाई अन्यथा नलिई दिनहुन म अनुरोध पनि गर्दछु ।

          जिवनमा मैले हरेक कुराहरुलाई सहज र सरलता ठान्थे । अनि रमणीय बाताबरण सोच्थे जुन म रमाउने संजाल, कलेज, साथीहरु सँगको दाउरा घाँस गर्ने थलो ◆◆◆ तर जव देखि हरेक हजुरको लेखले मेरो धड्कनलाई प्रहार गरिरहेको छ । तव देखि म बिस्तारै हजुरको भावुकता अभिलेखहरुमा डुब्दै तैरदै पौडी खेल्न पुगेकी छु । हजुर हरेक लेखले दिल तोड्दै जोड्दै र कहिले चिहान सम्म पुगेर बौरन्छु । अनि हजुर सँगको मिठास च्याटङहरुले कता कता हजुरलाई मन पराउन र दिलमा सजाउन पुगेछु पत्तै भएन ।  त्यसैले त्यो सहज र सरल लाग्ने जिवन आज अनौठो किसिमले भारी र उराठ लाग्न थालेको छ। माया भन्ने चिजनै यस्तै रहेछ बल्ल महसुस गर्दै छु ।

          सिधा पोइन्टको कुरा म हजुरलाई हद सम्म चाहन्छु । म प्रेम गर्छु हजुरलाई के हजुर मेरो प्रेमलाई स्वीकार्नु हुन्छ? प्लिज नाई नभन्नुस ल?

                  उही हजुरकी .........

          यसरी लेखेको प्रेम पत्रले बिवेक छाङ्गा बाट खसेझैं हुन्छ । उ मेसेज रिप्लाई दिन सक्दैनन् । किनकी बिवेक एक अपाहिज थियो । ऊ बचेको जीवनलाई यसरीनै तिता मिठा लेखहरु लेखेर साजेसन मात्र दिन चाहन्थे बिवेकको हरेक रहरहरु अधुरा छन् उ सबैलाई माया बाड्न चाहन्छन् । बिबाह उनको लागी सपनाको कहानी मात्र हुन् । कुनै बहाना छैन शब्दकोशमा बिबेकको लागी । बिवेकको बानी अनौठो छ कसैले उसलाई राम्रो मान्छ भने ऊ तिनीहरुलाई जीवन बाट अन्त नभागोस चाहन्छन् । र बिवेकले सिधै प्रतिकार जनाएर लेख्यो ।

          जुनु ..... म तिमीले गर्ने माया प्रति अतिनै खुसी छु । तिमी सँधै यसरीनै माया गरिरहनु । जव सम्म मेरो सास रहन्छ । अब केही महिना बाकी छ । बस तिम्रो त्यही माया मेरो याद बनेर रहि रहने छ । म यो दुनियामा हुनेछैन । तिमीले यति धेरै माया दिनु मेरो लागी यो भन्दा ठुलो उपहार केही होईन । तब सम्मको लागी बिदा चाहन्छु ।

          बिबेकले शब्दहरुलाई यहीं बिट मार्दै तप्प आँशु तप्काउँछन् ......

         बिवेकको रिप्लाई पढेर जुना आँशुको बर्षाद ल्याउछिन् ......। आँखामा टहल बहल आँशुको पोखरी पार्दै सुकसुकाउदै बेडमा पल्टन्छिन् । उनि बिवेकको यादमा तड्पिन लागीन् । उनि बिबेक प्रति पागलनै भै सकेकी थिइन् । बिबेकको त्यो कुराले झन उनि सर्वस्वनै गुमाएकी झैं आभाष गर्थीन् उनि एक क्रेजी गर्ल जस्तै तड्पी तड्पी रुन लागीन । एक्लै रुममा बसेर आफ्नै कपाल जक्टाउन थालीन् । एक्लै बरबराउन थालिन् । दैब .... हिजो सम्म खुसि दिएर आज तैले किन आशु दिदै छन्? एक्लो सुन्य कोठाका भित्तामा हात बजार्दै ....मधुरता आवाजमा बरबराउँदै बिवेकको जिवनको भिष माग्दै जुना भगुवान सँग  भरपेट रुन्छिन् करउँछिन् ..... मलाई मेरो बिवेक देउ ... मलाई मेरो बिवेक देऊ... भगुवान बदलामा म मेरो जिवन दिन्छु ....उनको आवाज र रुवाइ सुन्ने मात्र चार पर्खालका रंगीन भित्ता छन् ।कराउँदा कराउँदै उनि थाक्छिन् र निदाउँछिन् ।



                     क्रमस........

नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

0 comments:

Post a Comment