Friday, 3 February 2017

"अरुको झैं मेरो कुनै, नक्कल थिएन अरे" सर्जक रबिन मगरका गजलका अरु

अरुको  झैँ मेरो कुनै, नक्कल  थिएन अरे।
दुनियाँको  नजरमा  म, असल थिएन अरे।

शहरको ठिटोलाई, गाउँले ठिटी मन परेन,
किनभने  श्रृङ्गारमा,  गाजल थिएन अरे।

चैत्रको महिना चरी, रोए  भन्छन् बनैभरी,
डाली मात्र थियो अरे, काफल थिएन अरे।

गरिब भनेर उसले, किन इन्कार गर्‍यो त!
किनकि  मेरो  पाउमा, चप्पल थिएन अरे।

अहिले पागल बने,प्रेममा धोका पाएपछि,
पहिले  त  यो  रबिन,  पागल  थिएन अरे।
भिडियोमा सउन्नुहोस।
 नशा

स्वाद लिदै पिउन थाल्छु, खुबै मिठास लाग्छ 
जब  गोजी  रित्तो  हुन्छ, अनि  निरास लाग्छ

हरेक  साँझ  एक  बोतल ,  पिउन  नपाउदा
किन - किन आफैलाई , साँच्चै उदास लाग्छ

नशा सँगै डुबुल्की मार्दै, साँझ घर फर्केपछि
श्रीमतीले  गाली  गर्दा, बेग्लै आभास लाग्छ

रित्तै भयो अलिकति, भएको बा'को सम्पत्ति 
कहिलेकाही भट्टी पसल, जा'न हतास लाग्छ

आफ्नै जस्तो लाग्छ मलाई, साइलीको भट्टी
तर आफ्नो  घर भने,  बिरानो  प्रवास लाग्छ


सर्जक
रबिन मगर
पाँचथर सिवा
अहिले मलेसिया

नमस्ते, सम्पुर्ण हाम्रा स्रोता दर्शक तथा शुभचिन्तक जनहरुमा। हामी यहाँहरुको साथ सहयोग प्रती आभारी छौं। आउने दिनहरुमा अझै धेरै कुरा दिने कोसिसमा छौं। यहाँहरुको माया,साथ सहयोग र आशिर्वादको सधैं खाँचो छ। like,share लाईक सेयर गरिदिनु हुन्छ अझै हजुरहरुलाई लागेको कुरा अनि हाम्रो कुराले के कति दिन सक्यो? खुलाएर तल कमेन्टमा लेखिदिनु भए आझ उत्कृष्ट ल्याउने अवसर पाउनेछौं। कृपया आफ्नो बिचार राखिदिन अनुरोध गर्दाछौं। र हामीलाई अरु धेरै सिक्नको लागि सब्सक्राईब SUBSCRIBE गर्न नभुल्नु होला। हामीलाई हेर्दै गर्नुहोला। यहँको समय शुभ रहोस। जय नेपाल!

हामीलाई सम्पर्क गर्ने अन्य माध्यमहरु:
► Facebook: http://www.facebook.com/soltinikanxilover
► Twitter: http://www.twitter.com/soltinikanxi
► Google+: http://www.google.com/+soltinikanxi
► Website: http://www.artistsko.blogspot.com

Contact:
Google+
https://plus.google.com/u/0/106887718...
Facebook
https://www.facebook.com/santoshraiki...
Youtube
https://www.youtube.com/santoshraikir...
Blog
https://www.soltinikanxi.blogspot.com
subscribe please
Thanks for wathing.....

0 comments:

Post a Comment