नेपाली गीत संगीतको छेत्र निकै फराकिलो हुंदैछ। बिगत केही समय यताको अवस्थालाई हेर्दा निकै आशा लाग्दो देखिन्छ भने अर्को पाटोमा हामी यो भन्न सक्छौं कि गीत संगीत चल्नुमा स्रोता दर्शकको चाहना नै ठूलो कुरा हो। पछिल्लो समय साईली बोलको गीतले निकै हंगमा मचायो। यसै गीतको जवाफ भनी भर्खरै मात्र अर्को गीत साईला सार्बजनिक गरिएको छ। उत्त गीतको शब्द शुस्मा रुपाबुङले लेखेकी हुन भने सँगीत प्रबाशमा रहेर नेपाली संगीतलाई शिखर सम्म लाने चर्चित संगीतकार डि आर अटुको रहेको छ। संगीतकार अटुका निकै लोकपि्रय गीतहरु स्रोताले मनमुटुमा राखेका छन। आवाज भने सुनिता थेगिमले दिएकी छिन।
गीत youtube मा सार्बजनिक भए संगै धेरैले राम्रो प्रतिक्रिया दिएका छन। गीत एकदमै राम्रो बनेको छ तर कतिपय स्रोताको गुनासो के छ भने कुनै गीतको जवाफ बनाउनु भन्दा पनि कुनै नयाँ धारणा अबलम्बन गर्नु पर्थ्यो गीतकारले। चार्चित गीत साईलीको अनुसरण गरेर चर्चामा लान खोजिएको जस्तो देखिएको स्रोताको ठम्म्याई छ। तर जे हो गीत राम्रो छ। भोलिको दिनमा स्रोताको मनमा रहन्छ?रहदैन त्यो भोलि नै थाहा होला। सबैलाई शुभकामना।
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- soltinikanxi -->
<ins class="adsbygoogle"
style="display:block"
data-ad-client="ca-pub-4999482629155223"
data-ad-slot="7684000790"
data-ad-format="auto"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
तल गीत सुन्नुहोस।